पोखराकाे म्युजियममार्गमा नागमूर्तिको अनावरणसहित विधिपूर्वक पूजा

पोखराकाे म्युजियममार्गमा नागमूर्तिको अनावरणसहित विधिपूर्वक पूजा
+
-

गण्डकी – नागपञ्चमीका अवसरमा पोखरा–१७ म्युजियममार्गमा सामूहिक रूपमा नागको पूजा आराधना गरिएको छ।

धार्मिक विधिपूर्वक नागथानमा पूजा गरेपछि मात्र घरका मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने प्रचलन छ।

घरको मूलढोकामा नागको चित्र टाँसरी पूजा गर्नाले प्राकृतिक प्रकोप नपर्ने, लक्ष्मीको बास हुने हुँदा रोग व्यादीले दुःख नदिने खेतीपाती राम्रो हुने जनविश्वाससाथ नागको पूजा गरिँदै आएको नागथान निर्माण समितिका अध्यक्ष चेतनदान शर्माले जानकारी दिए।

उनका अनुसार सो स्थानमा शिवलिंगसहित पाँच शिर भएका नागको मूर्ति निर्माण गरी पाँच दिनसम्म धार्मिक विधिपूर्वक पूजापाठ गरी प्राणप्रतिष्ठा गरिएको नाग मूर्तिको शुक्रबार अनावरण गरिएको हो।

नागथान निर्माण तथा नागमूर्ति स्थापनाका लागि विभिन्न संघसंस्था एवं व्यक्तिको स्वस्फूर्त सहयोगबाट ३ लाख ५४ हजार ४ सय ४ रुपैयाँ संकलन भएको जनाउँदै उनले उक्त निर्माणका लागि दुई लाख तीन हजार १ सय १५ रुपैयाँ खर्च भएको जानकारी दिए।

नागथान निर्माणका लागि पाँच हजारभन्दा माथि आर्थिक सहयोग गर्ने संघसंस्था र व्यक्ति गरी ३१ जना छन्।

खर्च गरेर बाँकी रहेको रकमबाट नियमित नागको पूजा गर्नुका साथै सो स्थानको सरसफाइमा विशेष ध्यान दिइनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष