बाढीका कारण विद्यालयमा प्रहरी चौकी!

बाढीका कारण विद्यालयमा प्रहरी चौकी!
+
-

मनाङ – असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले जिल्लामा धेरै भौतिक क्षति भएको छ। यहाँका अधिकांश बस्ती विस्थापित भएका छन्। बाढीपहिरोका कारण प्रहरीचौकी नै पूर्णरूपमा विस्थापित भएको छ।

बाढीपहिरोले नासों गाउँपालिका–३ स्थित सीमा प्रहरी चौकी धारापानीको भवन बगाएपछि पूर्णरूपमा सो चौकी विस्थापित भएको छ। बाढीपहिरोले चौकी बगाएपछि अहिले विद्यालयमा प्रहरीचौकी राखिएको सीमा प्रहरी चौकी धारापानीका इन्चार्ज प्रहरी निरीक्षक कमल मजाकोटीले जानकारी दिए।

जिल्लाका भौतिक संरचना बगाए पनि चौकीमा रहेका हतियार र गोलीगठ्ठा जोगाउन सकिएको उनले बताए। साथै, भवनमा रहेका अन्न, खाद्यान्नलगायत सामग्री भने जोगाउन नसकिएको उनी बताउँछन्।

अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए। मर्स्याङ्दी नदीको बाढीले यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका भौतिक संरचनामा धेरै क्षति पुर्‍याएको छ।

केही कार्यालय भौतिक संरचनामा क्षति पुगेपछि विस्थापित भएका थिए। लमजुङ बेंसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध हुँदा मर्मतका आवश्यक सामग्री ल्याउन नसक्दा भौतिक संरचना निर्माणमा ढिलाइ हुने भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष