
दाङ–जनैपूर्णिमाको अवसरमा दाङका नदी, ताल, तलाउ, पोखरीमा स्नान गरिएको छ। अर्जुनखोलामा पनि स्नान गर्नेहरुकाे भीड लागेकाे छ।
बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिएको छ। हरेक वर्ष यसैगरी जनैपूर्णिमा मनाउने गरिएको छ।
रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि देशभरका मठमन्दिरमा भक्तजनको भीड लागेको छ।
यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरेर वैदीक परम्परा अनुसार जनैपूर्णिमा मनाउन अपिल गरिएको छ।