
नवलपुर – बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन्।
हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा शुक्रबार बिहान खसेको पहिरोमा परी तीन जना बेपत्ता हुनुका साथै एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी मधुसूदन सिंहका अनुसार पहिरोले चारघरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ। उनका अनुसार पहिराले पुरेको अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ।
पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया, सात वर्षीया नातिनी भूमिसरा र ६ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएको सूचना अधिकारी सिंहले जानकारी दिए।