पहिरोमा बेपत्ता तीन जनाको शव फेला

पहिरोमा बेपत्ता तीन जनाको शव फेला
+
-

कावासोती – पहिरोमा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजे पहिरोमा परी बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसूदन सिंहले बताए।

शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दासमेत पहिरोमा परेका फेला नपरेपछि शनिबार ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए।

हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया, नातिनी सात वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया राति सुतिरहेको समयमा एक्कासि आएको पहिरोमा परी बेपत्ता भएका थिए। हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष