अत्यधिक वर्षाका कारण भत्कियो पुल

अत्यधिक वर्षाका कारण भत्कियो पुल
+
-

गण्डकी – केही दिनयताको अत्यधिक वर्षका कारण पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुंगे पुलको जग भत्किएको छ।

मालेपाटनतर्फको पुलको जग शुक्रबार बिहान भत्किएको स्थानीय युवा बाबुराम मिश्रले जानकारी दिए। उनका अनुसार पुल भत्के पनि कुनै मानवीय क्षति भने भएको छैन।

गत वर्षदेखि नै जोखिममा परेको पुललाई समयमै व्यवस्थापन तथा मर्मत नगर्दा यस वर्ष असार ३ गतेको बाढीले क्षति पुर्‍याएको र त्यसयता दिनानुदिन क्षति बढ्दै सेराबेँसी युवा क्लबका पूर्वअध्यक्ष एवं सेराबेँसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेले बताए।

पुल भत्केसँगै शुक्रबारदेखि कास्कीको मालेपाटनसहितका स्थलका साथै तनहुँको सेराबेँसीलगायत स्थलका सर्वसाधारणको आवतजावत बन्द भएको छ।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा ०७४ सालमा निर्मित पुलको लम्बाइ एक सय १९ मिटर छ। कुल ४१ लाख २५ हजार पाँच सय २८ रुपैयाँ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गर्दै लगेको थियो। संरक्षण अभावमा भत्कने अवस्थामा पुगेको स्थानीयवासीको गुनासो छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष