नेपाल टेलिकमले कल ट्यापिङ गर्दैनः प्रवन्ध निर्देशक अधिकारी

नेपाल टेलिकमले कल ट्यापिङ गर्दैनः प्रवन्ध निर्देशक अधिकारी
+
-

काठमाडौँ– नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझ गुणस्तरीय बनाउने बताएका हुन्।

उनले ५ जी सेवालाई परीक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने पनि बताए। प्रवन्ध निर्देशक अधिकारीले देशभरी फाइबर बिच्छ्याउने कामलाई तीव्रता दिने उनको भनाइ छ। आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने पनि उनले स्पष्ट पारे।

प्रवन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे। टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको बताए।

उनले भने, ‘कल ट्यापिङको उपकरण नै छैन। कल ट्यापिङ गर्ने एल.आइ. भन्ने उपकरण हुन्छ। त्यो उपकरण आयात गर्न दुरसञ्चार प्राधिकरणसँग अनुमति चाहिन्छ। हामी दुरसञ्चार सेवा प्रदायकले एल.आइ. इक्वीपमेन्ट किन्न पाइँदैन।’

उनले टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पुर्‍याउने दायित्वको साथ काम गरिरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?