काठमाडौंँ- नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेश सभाको संसदीय दलको नेता चयन भएका राजेन्द्र पाण्डेले अब छिटोभन्दा छिटो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने दाबी गरेका छन्।
समाजवादी पार्टीको संसदीय दलको नेतामा चयन भएसँगै आफ्नो लागि मुख्यमन्त्री बन्ने ढोका खोलिएपछि पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले मुख्यमन्त्रीलाई हटाउन कम्तीमा तीन विकल्प भएको भन्दै तीमध्ये सबैभन्दा उपयुक्त विकल्प अंगिकार गर्ने बताए।
पाण्डको अनुसार बैठकले संसदीय दलको विधान पारित गरेको छ। वाग्मतीमा एकीकृत समाजवादीमा १३ सांसद छन्।

भर्खरै
लोकप्रिय






































































































































































































