
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो सही नभएको घोषणा गरेकी छन् ।
उनले बिहीबार आयोजित एमाले काठमाडौँ भेलामा नेपाल आफ्नो नेता भए पनि उनले लिएको बाटो ठीक नभएको बताएकी हुन् ।
उनले भनिन, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीति होइन जुटको राजनीति आवश्यक छ। सुदृढ एमालेको राजनीति आवश्यक छ । माधव नेपाल हामी सबैको नेता हो । उहाँले त्यो ढंगबाट काम पनि गर्दै आउनुभएको थियो । आज आफूले त्याग गरेको, दुःख गरेको पार्टीलाई चटक्क त्यागेर नयाँ पार्टी गठन गरेर आन्दोलन गर्छु भन्नु सही होइन। कमरेड नेपाल आफूले दुःख गरेको पार्टीमा फर्केर आउनुहोस्।’