
काठमाडौँ- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पोखरा आइपुगेका छन्।
उनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले स्वागत गरेका थिए।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) प्रदेश नं २ र नाट्टा गण्डकी प्रदेशको संयोजन एवम् गण्डकी प्रदेश सरकारको निमन्त्रणामा प्रदेश नं २ का मुख्यमन्त्री लालवावु राउत नेतृत्वको टोली पर्यटन पुनरुत्थान र गन्तव्य प्रवद्र्धन कार्यक्रमका साथ बुधबार पोखरा आइपुगेको हो।