तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे
+
-

तनहुँ – तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्।

अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ। अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन्।

भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजेटिभ नदेखिएको अस्पतालका प्रमुख डा सुनील पौड्यालले बताए। उपचारमा आएका बिरामीमध्ये दैनिक ३० देखि ४० जनासम्म भारइल ज्वरोका बिरामी भेटिने गरेको उनले जानकारी दिए।

भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तै लक्षण देखिन्छ। उनले भने, ‘हाछ्यूँ आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने सबै लक्षण उस्तै हुन्छ तर मानिसमा श्वास फेर्न भने गाह्रो हुँदैन।’

भाइरल ज्वरो मौसमी फ्लु भएकाले घरमै बसेर सामान्य उपचार गर्दा पनि निको हुन्छ। ज्वरो आएमा सिटामोल खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोषिलो जुस पिउने गर्नाले यो निको हुने डा पौड्याल बताउँछन्।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिन कम्तीमा पाँचदेखि सात दिन लाग्न सक्छ तर भाइरल ज्वरो दुई दिनदेखि पाँच दिनभित्र लक्षण देखिने र सरुवा रोग भए पनि छिटो निको हुने उनले बताए।

दमौली अस्पतालमा सुरुमा ४० देखि ५० प्रतिशतसम्म कोरोना पोजेटिभ देखिए पनि अहिले १८ देखि २० प्रतिशतमा कोरोना देखा पर्ने गरेको उनले बताए।

त्यसैगरी, दमौली अस्पतालको सघन उपचार कक्षमा राखेर चार जना कोभिड–१९ का बिरामीको उपचार गरिँदै आएको सो अस्पतालले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष