
काठमाडौँ– नेपालको पहिलो स्याटेलाइट (नेपाली स्याट–१) खसेको छ। अन्तरिक्षमा दुई वर्ष तीन महिना पूरा गरेर नेपाल स्याट १ सोमबार खसेको हो।
नेपाली स्याटका मिसन प्रमुख आभास मास्केका अनुसार नेपाली स्याट १ अन्तरिक्षबाट सोमबार अपराह्न ४ः२६ बजे पृथ्बीको अर्बिटमा प्रवेश गरेको हो।
२०७६ असार २ गते नेपाली स्याट १ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीको अर्बिटमा छाडिएको थियो। नेपाल स्याटसँगै श्रीलंकाको राभाना–१ र जापानको इगिसु स्याटलाइट पनि पठाइएको थियो।
यी तीन वटै स्याटलाइट जापानको क्युटेक विश्वविद्यालयमा निर्माण गरिएको थियो।