व्यंग्य गजल

लुच्चा भए अब

लुच्चा भए अब
+
-

चेप्टिएका नाक समेत चुच्चा भए अब
बाँडिचुँडी खाउँला भन्थे छुच्चा भए अब।।

बिहानको छायादेखि आफै अग्ला ठाने
इन्च फुट लगाइ नाप्दा फुच्चा भए अब।।

ठाउँमा हुँदा वरिपरि घेरा लाउँथे लठैत
आखिर पुच्छर चुँडिएर बुच्चा भए अब।।

जता ततै दाउ हेर्थे नजर घुमाइ घुमाइ
आँखा पनि टल्किएका गुच्चा भए अब।।

कोही बेलामा धाप मार्दा खुबै खुशी हुन्थे
आज च्वास्स छुँदा पनि घुच्चा भए अब।।

बकुल्ला झैँ ढुकी बसे मौका आउँछ भनी
अरुको भाग तानी खाने लुच्चा भए अब।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?