गजेन्द्र हमाल कांग्रेसको आफ्नै मान्छे हो : अध्यक्ष दाहाल

गजेन्द्र हमाल कांग्रेसको आफ्नै मान्छे हो : अध्यक्ष दाहाल
+
-

चितवन– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन्।

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताएका हुन्। अध्यक्ष दाहालले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको स्पष्ट पारे।

‘कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन’, उनले भने, ‘सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै छ। यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ। यो नयाँ कुरा होइन।’

पहिलोपटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘मानिसलाई त्यही भन्न मन लागेर भनेका होलान् तर यहाँ सेटिङ छैन।’

सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको उनले सुनाए। ‘जनताको जीवनरक्षा गर्ने सरकारको पहिलो प्राथमिकता हुन्छ’, अध्यक्ष दाहालले भने, ‘आफूहरुले सुरुदेखि नै खोपखोप भन्दै आएका छौं। खोपको व्यवस्थापन र जनतालाई राहत दिने कुरा प्राथमिकतामा छ।’

उनले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउने र थाती रहेका विधयेकलाई अगाडि बढाउने कुरा पनि सरकारको प्राथमिकतामा पर्ने जानकारी दिए।

लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि केपीको कर्म नभएर आफूहरुको कर्म भएको बताउँदै उनले भने, ‘लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसदमा लानुपर्छ भन्ने हामी थियौँ। अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ।’

अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पारे। ‘राष्ट्रिय सहमति र परिमार्जनविना यो पास हुन सक्दैन’, उनले भने, ‘संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई छैन। पटकपटक संसद विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो।’

संसद अवरोधमा कुनै तर्क र तथ्य नरहेको उनको भनाइ छ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले आगामी निर्वाचनमा चितवन जस्तो जिल्लामा गठबन्धन भएर जाने बताए। ‘चितवन जस्तो जिल्लामा हामी समझदारीका साथ निर्वाचनमा जान्छौं’, उनले भने।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष