सरकारले पूर्णता पायो, दुर्घटना टर्‍यो – अध्यक्ष दाहाल

सरकारले पूर्णता पायो, दुर्घटना टर्‍यो – अध्यक्ष दाहाल
+
-

चितवन– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पूर्णता पाएसँगै दुर्घटना टरेको बताएका छन्। उनले सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का रहेको र सरकारले पूर्णता पाएसँगै उक्त शंकाको निवारण भएको बताए।

उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारले हिजोमात्रै पूर्णता पाएको छ। सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो। हिजोदेखि दुर्घटना टर्‍यो।’

उनले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने दावीसमेत गरे। ‘अब समयअगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु’, उनले भने, ‘सबै मिलेर काममा लाग्ने समय आएको छ। शङ्का हटाएर काममा जुटौँ।’

नेता प्रचण्डले समय आएपछि मात्रै निर्वाचन हुने स्पष्ट पारे। देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने उनको भनाइ थियो।

‘नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ’, उनले भने, ‘राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ।’

निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीब्र आर्थिक विकास गर्नुपर्ने भन्दै उनले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिए। कृषिमा आधारित उद्योगले मात्रै हामीलाई आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न सहयोग पुग्ने अध्यक्ष दाहालको भनाइ थियो।

अध्यक्ष प्रचण्डले उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रका लागि पाँच करोड रुपैयाँ बजेट उपलब्ध गराउन सुनिश्चित गरेर आफू यहाँ आएको बताए।

यो पनि पढ्नुहोस्

गजेन्द्र हमाल कांग्रेसको आफ्नै मान्छे हो : अध्यक्ष दाहाल

गजेन्द्र हमाल कांग्रेसको आफ्नै मान्छे हो : अध्यक्ष दाहाल

माओवादी केन्द्रलाई हार्ने छुट छैन – प्रचण्ड

माओवादी केन्द्रलाई हार्ने छुट छैन – प्रचण्ड

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष