
जनकपुरधाम – जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार भन्दा बढी बलि दिइएको छ ।
अष्टमीको रातिमा राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको बलि दिइएको हो ।
निशा पूजा सम्पन्न भएपछि राति ८ बजेर ५ मिनेटदेखि सुरु भएको बलि बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो ।
बलिप्रदानका लागि नेपालको विभिन्न जिल्लासहित सीमावर्ती क्षेत्र भारतबाट हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरु बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
बोकाबलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहामा १० जनाको समूहमा स्वयंसेवक परिचालित गरि प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको थियो ।
गत वर्ष कोरोना महामारीका कारण राजदेवी मन्दिरमा ८ हजार ९६८ बोकाको बलि दिइएको थियो ।