मोटरसाइकल र मिनीट्रक ठोक्किँदा भक्तपुरमा एकको मृत्यु

मोटरसाइकल र मिनीट्रक ठोक्किँदा भक्तपुरमा एकको मृत्यु
+
-

भक्तपुर – भक्तपुरको भक्तपुर नगरपालिका – १ यति कार्पेट नजिक व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नम्बरको मोटरसाइकल चोङ्गा गणेश मोटर पार्टस् ग्यारेजबाट मुख्य सडकमा निस्किँदै गरेको प्रदेश नं. ३–०१–००३ क ५०६५ नम्बरको मिनी ट्रकसँग ठोकिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार भक्तपुरको चाँगुनारायण नपा– ५ बस्ने २० वर्षीय सुरज तामाङको उपचारको क्रममा मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शनिबार राति १०ः३५ बजे भएको उक्त दुर्घटनामा परी तामाङ गम्भीर घाइते भएका थिए। घाइते तामाङलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। प्राथमिक उपचारपश्चात शनिबार राती ११ः३५ बजे ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनका अनुसार ट्रमा सेन्टरबाट थप उपचारको लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्तपाल रिफर गरिएकोमा उपचारकै क्रममा त्यहीं तामाङको मृत्यु भएको छ। लास पोस्टमार्टमको लागि महाराजगञ्जस्थित त्रिवि टिचिङ अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक चाँगुनारायण नपा– ५ छालिङ नै बस्ने १९ वर्षीय महेश्वर खड्का सामान्य घाइते छन् । उनी उपचारपश्चात डिस्चार्ज भइसकेका छन्।

मिनी ट्रक चालक भक्तपुर नपा– १० कमलविनायक महालक्ष्मी बस्ने ३३ वर्षीय लक्ष्मीप्रसाद दुवाललाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ। दुर्घटित दुइटै सवारीसाधनसमेत परिसरमा राखिएको छ।

असावधानिपूर्वक सवारीसाधन चलाउँदा दुर्घटना हुन गएको जनाउँदै भक्तपुर प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष