लोप हुँदै ‘घैया धान’

लोप हुँदै ‘घैया धान’
+
-

तनहुँ – पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ।

यसप्रति किसानको आकर्षणमा कमी र मौसम अनुकूल नहुँदा जिल्लामा घैया धान लोप हुने अवस्थामा पुगेको हो। जिल्लाका झण्डै ४० प्रतिशत क्षेत्रफलमा गरिँदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारणले जिल्लाबाटै लोप हुँदै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

जिल्लाको अधिकांश क्षेत्रमा गरिने यो धानखेतीमा मिहिनेत धेरै र उत्पादन कम हुने भएपछि हिजोआज लोप हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए।

जिल्लाको भानु र आँबुखैरेनी गाउँपालिकाका न्यून मात्रामा यसको खेती गरिए पनि अन्य पालिकामा खासै नदेखिएको उनको भनाइ छ।

‘घैया धानप्रति कृषकको आकर्षण घट्दै जाँदा तनहुँलगायत देशैभर लोप हुने अवस्थामा पुगेको छ,’ उनले भने, ‘आकाशेपानीको भरमा धान खेती गर्नुपर्ने भएकाले मौसम अनुकूल पानी नपर्ने र मलखाद्यको मात्रा नमिल्ने भएकाले उत्पादनमा कमी हुँदै यो धान लोप हुने अवस्थामा पुगेको देखिन्छ।’

जिल्लामा स्थानीय असली घैया धानको जात लोप भइसकेको र नयाँ प्रकारको विकासे जातको घैया छिटफुट मात्रामा खेती हुँदै आएको बताइएको छ।

जिल्लामा घैया एक, घैया दुई, मकावनपुर, हर्दिनाथलगायत छरुवा जातको विकासे धान असिञ्चित क्षेत्रमा छरुवा प्रविधिबाट खेती गर्ने प्रचलन थियो। तर, अहिले त्यस्तो धानको उत्पादनमा कमी आउँदै गएकाले लगाउनै छाडिसकेको किसान बताउँछन्।

जिल्लामा घैया धानका साथै मास, भटमाससमेत लोप हुने अवस्थामा पुगेको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले जानकारी दिए। त्यसैगरी जिल्लामा मकैखेती पनि क्रमशः घट्दै गएको बताइएको छ।

मानिसको बसाइँसराइ सहरमुखी हुनु, युवा पलायन हुनु र वन्यजन्तु जनावरले खाएर नोक्सान पु¥याउनेलगायतका कारण मकै, कोदोबालीतर्फ किसानको आकर्षण घट्दै गएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीको भनाइ छ।

मकै उत्पादन घट्दै गएपछि जिल्लामा भारत र चाइनाबाट यसको आयात हुँदै आएको छ। उनले भने, ‘कुखुरा र बाख्रापालनतर्फ यहाँका किसानको आकर्षण बढ्दै गएकाले मकैको मागमा पनि वृद्धि भएको छ।’

तनहुँ मासु र अण्डामा आत्मनिर्भर भएको छ। मासु र अण्डामा आत्मनिर्भर भएर बाह्य जिल्लामा समेत निर्यात गर्दै आएको केन्द्रले जनाएको छ।
जिल्लामा मकैको उत्पादन भने क्रमशः घट्दै गएको पाइन्छ। केन्द्रका अनुसार ०७५।७६ मा २२ हजार ४७ हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीतबाट ७३ हजार ६९३ मेट्रिक टन उत्पादन भएको थियो।

त्यस्तै, ०७६।७७ मा २२ हजार ५१ हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीबाट ७३ हजार ६९० मेट्रिक टन र ०७७।७८ मा २२ हजार ३१९ हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीबाट ७४ हजार ५७४ मेट्रिक टन उत्पादन भएको छ। यसरी मकैको उत्पादनमा खासै वृद्धि नभएको केन्द्रले जनाएको छ।

यसैगरी ०७५।७६ मा ६ हजार ५५८ हेक्टर क्षेत्रफलमा गरिएको कोदोखेतीबाट ५ हजार ९०५ मेट्रिक टन, ०७६।७७ मा पाँच हजार ६५२ हेक्टर क्षेत्रफलमा गरिएको कोदोखेतीबाट ५ हजार ९०१ मेट्रिक टन र ०७७।७८ मा ६ हजार ३०६ हेक्टर क्षेत्रफलमा गरिएको कोदोखेतीबाट ५ हजार ९७२ मेट्रिकटन उत्पादन भएको थियो। ०७७।७८ मा जमिनको मात्रा बढेको देखिए पनि उत्पादन खासै बढेको देख्न सकिँदैन।

त्यस्तै, ०७५।७६ मा जिल्लामा ६९ हेक्टर क्षेत्रफलमा गरिएको फापर खेतीबाट १७० मेट्रिक टन उत्पादन भएको थियो। सोही आर्थिक वर्षमा पाँच हेक्टर क्षेत्रफलमा गरिएको जौखेतीबाट पाँच मेट्रिक टन उत्पादन भएको कार्यालयका कृषि अधिकृत प्रकृति न्यौपानेले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष