बागलुङमा दुई सडक बालबालिकाको उद्धार

बागलुङमा दुई सडक बालबालिकाको उद्धार
+
-

बागलुङ – मानव सेवा आश्रमले बागलुङबाट दुई सडक बालबालिकाको उद्धार गरेको छ। लामो समयदेखि बागलुङको बजार क्षेत्रमा बसोबास गर्दै आइरहेका अन्दाजी ३ र ४ वर्षका एक बालक र एक बालिकाको उद्धार गरिएको मानव सेवा आश्रमकी गण्डकी प्रदेश संयोजक सुमिरा लामाले जानकारी दिइन्।

उनका अनुसार जक्सन र प्रिया नाम गरेका एक बालक र अर्को बालिकाको उद्धार गरिएको हो। उनीहरुलाई यसअघि पनि मानव सेवा आश्रमले पटक–पटक उद्धार गरेको थियो। तर उनीहरुलाई बाहिरी बातावरणमा रमाउने बानी लागेको हुनाले ल्याएको केही दिनमै पुनः सडकमा देखिने गरेको लामाले बताइन्।

‘उनीहरुलाई सुरुवातमा २०७६ सालमा उद्धार गरी आश्रममा ल्याइएको थियो तर आश्रमको आफ्नै संरचना निर्माण गर्न नसकिएको र पहिले नै अन्य प्रयोजनको लागि बनेको घरमा बालमैत्री वातावरण नहुँदा उनीहरु यहाँबाट पटक–पटक भाग्ने गरेका थिए’, लामाले भनिन्।

आश्रमले बागलुङको नियरेघाटमा बालमैत्री एवं अपाङ्गतामैत्री भवन निर्माण समेत गरिरहेको छ। उनीहरुलाई उद्धार गरी हाल आश्रमको पोखरा शाखामा लगिएको छ। उनीहरुको भविष्य सुनिश्चितताको लागि पोखरामा शिक्षादीक्षाको व्यवस्था गरिने लामाले बताइन्।

उनका अनुसार बागलुङ नगरपालिका, प्रहरी, प्रशासन र विभिन्न संघसंस्था तथा व्यक्तिहरुको प्रत्यक्ष सहभागितामा बालबालिकाको उद्धार गरिएको हो। विसं २०६९ सालमा सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी सडक मानवहरुको व्यवस्थापन गर्ने उद्धेश्यले सुरुवात भएको मानव सेवा आश्रमको संरक्षणमा हाल १५० बढी बालबालिका रहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष