जलवायु परिवर्तन

वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अहिलेसम्मकै उच्च : अध्ययन

वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अहिलेसम्मकै उच्च : अध्ययन
+
-

विश्वव्यापी रुपमा तापमान वद्धिको कारक हरितगृह ग्यासको मात्रा गत वर्ष वायुमण्डलमा अहिलेसम्म कै उच्च विन्दुमा पुगेको देखिएको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वका विभिन्न क्षेत्रमा भएको लकडाउनका बाबजुद वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अधिक भएको देखिएको हो ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम संगठनले सोमबार जारी गरेको प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा औद्योगिक क्रान्ति पूर्वको अवस्थाको तुलनामा ५० प्रतिशत बढी भएको छ । तापमान वृद्धिमा सबैभन्दा ठूलो भूमिका रहेको हरितगृह ग्यासमा पर्छ कार्बन डाइअक्साइड ।

यस्तै मिथेन ग्यासको मात्रा वायुमण्डलमा सन् १७५० यता दोब्बर भन्दा बढीले बढेको विश्व मौसम संगठन (डब्लुएमओ) ले जनाएको छ ।

डब्लुएमओको प्रतिवेदन अनुसार सन् २०२० मा सबै प्रकारका प्रमुख हरितगृह ग्यास (जिएचजी) को मात्रा अघिल्लो दशकको तुलनामा तीव्र गतिमा बढेको छ । यस्तै यो क्रम यो वर्ष (२०२१) मा पनि जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

तथ्यांकहरु जलवायु संकट निरन्तर गम्भीर र खराब बन्दै गएको देखाएका छन् । बेलायतको स्कटल्याण्ड स्थित ग्लास्गो शहरमा आउँदो आइतबारदेखि जलवायु सम्मेलन कोप–२६ को मुखैमा आएर सार्वजनिक भएको प्रतिवेदनले गम्भीर सन्देश दिएको छ ।

डब्लुएमओका प्रमुख प्राध्यापक पेटेरी तालासले भनेका छन्, ‘हामी सही मार्गमा छैनौँ, धेरै नै विचलित भएका छौँ ।’

जलवायु परिवर्तनको गम्भीर प्रभावबाट पृथ्वी र यहाँका जीव–प्राणी–वनस्पतीलाई जोगाउनका लागि कोप–२६ ले सन् २०५० सम्म जिएचजी को उत्सर्जन अन्त्य गर्ने लक्ष्य जीवित राख्नका लागि महत्वपूर्ण र महत्वकांक्षी निर्णय गर्नु पर्ने अवस्था आएको छ ।

उत्सर्जन रोक्न सकिएमा मात्रै वायुमण्डलमा रहेका ग्यासको मात्रा स्थिर हुन्छ र तापमान वृद्धि रोक्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

लगातार आइरहेका प्रतिवेदनहरुले विश्वव्यापी रुपमा देखिइरहेका बाढी–पहिरो, तातो हावा–अत्यधिक गर्मी, खडेरीसहितका घटनाको मात्रा र प्रभाव फराकिलो बन्दै गएको र यसमा मानवीय कारणले भइरहेको जलवायु परिवर्तन दोषी रहेको उल्लेख गरेका छन् ।

यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धि १.५ देखि २ डिग्रीसेल्सियसमा सीमित गर्ने पेरिस जलवायु सम्झौताको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन तत्काल कटौति गर्नुको विकल्प नरहेको डब्लुएमओका प्रमुख तालासले बताएका छन् ।

हरितगृह ग्यासको मात्रा बढ्नुको सिधा प्रभाव जनजीविका र भावी पुस्तामा पर्ने हुँदा विश्व समुदायले तत्काल ठोस र प्रभावकारी कदम चाल्नु पर्ने उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्

के हुँदैछ कोप-२६ मा? यो किन नेपालका लागि महत्वपूर्ण छ?

के हुँदैछ कोप-२६ मा? यो किन नेपालका लागि महत्वपूर्ण छ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?