जलवायु परिवर्तन

जलवायु वित्तमा विकसित देशको वाचा अझै अधुरो, वार्षिक १०० बिलियनको सहयोगका लागि केही वर्ष पर्खिनु पर्ने

जलवायु वित्तमा विकसित देशको वाचा अझै अधुरो, वार्षिक १०० बिलियनको सहयोगका लागि केही वर्ष पर्खिनु पर्ने
+
-

काठमाडौँ – जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण तथा अनुकुलनका लागि विकसित तथा धनी देशहरुले अतिकम विकसित तथा विकाशिल देशहरुलाई प्रदान गर्ने वाचा गरेको वित्तिय सहयोगको समय पर धकेलिएको छ ।

विकसित तथा धनी देशहरुले सन् २०२० देखि नै जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकूलनका लागि जलवायु वित्त योजना अन्तर्गत एक सय बिलियन अमेरिकी डलर बराबरको वार्षिक योगदान गर्ने तय भएको थियो । तर त्यस अनुसार विकसित तथा धनी देशहरुले आर्थिक दायित्व लिएका छैनन् ।

बेलायतको स्कटल्याण्ड स्थित ग्लास्गो शहरमा हुन लागेको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता पछिको सबैभन्दा महत्वपूर्ण सम्मेलन कोप–२६ केही दिनअघि विकसित देशको वित्तिय दायित्व अन्तर्गको सीमा सन् २०२३ लाई सारिएको हो ।

इकोनोमिक कोअपरेशन एण्ड डेभलप्मेन्ट (ओइसिडी) ले गरेको विश्लेषणका आधारमा विकसित देशहरुले जलवायु वित्त योजनामा वार्षिक १०० बिलियन अमेरिकी डलर बराबरको दायित्व बहन गर्ने वाचा पूरा गर्नका लागि अझै केही वर्ष लाग्ने देखिएको हो ।

कोप–२६ आयोजकका अनुसार विकसित तथा धनी देशहरुले १०० बिलियन अमेरिकी डलर बराबरको आर्थिक दायित्वको वाचा पूरा गर्ने मार्गमा सन् २०२२ महत्वपूर्ण प्रगति गर्ने र सन् २०२३ सम्ममा सो वाचा अनुसार आर्थिक योगदान गर्ने तय भएको छ ।

ओइसिडीको विश्लेषण अनुसार विकसित देशहरुले सन् २०२३ पछि वार्षिक योगदानको दायरा १०० बिलियन डलरभन्दा बढी गराउने सक्ने दाबी छ ।


तर जलवायु परिवर्तनको कारक हरितगृह ग्यासको उत्सर्जनमा अधिक भूमिका रहेका विकसित देशहरु आफ्नो वाचा पूरा गर्ने समय पछि सारेर गम्भीर संकटको समाधानमा कमजोर बनेको जलवायु विश्लेषक र विज्ञहरुले बताएका छन् । उनीहरुले यसलाई महत्वकांक्षी निर्णय गर्ने अपेक्षा गरिएको कोप–२६ का लागि गम्भीर धक्का भनेका छन् ।

जलवायु परिवर्तनको प्रभावमा अग्रपंक्तिमा रहेका र हरितगृह ग्यास उत्सर्जनमा निकै कम भूमिका रहेका अतिकम विकसित तथा विकासशील देशहरुलाई जलवायु परिवर्तनसँग जुध्न र अनुकूलनका लागि सहयोग गर्ने उद्देश्यले जलवायु वित्तको स्थापना भएको हो ।

सन् २००९ मा विकसित देशहरुले सन् २०२० सम्ममा प्रतिवर्ष जलवायु वित्तमा १०० बिलियन डलर योगदान गर्ने वाचा गरेका थिए । सन् २०१५ यो उद्देश्यलाई सन् २०२५ सम्म धकेल्ने अधिकतम सीमा राखिएको थियो, तर पूर्व वाचा अनुसार नै गर्न पहल हुँदै आएको पनि थियो ।

जलवायु वित्तमा प्रतिवर्ष १०० बिलियनको सहयोगको वाचा पूरा हुने सम्भावना पछिल्लो विश्लेषणले सन् २०२२ सम्मलाई नदेखिएको हो ।

यो पनि पढ्नुहोस्

के हुँदैछ कोप-२६ मा? यो किन नेपालका लागि महत्वपूर्ण छ?

के हुँदैछ कोप-२६ मा? यो किन नेपालका लागि महत्वपूर्ण छ?

वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अहिलेसम्मकै उच्च : अध्ययन

वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अहिलेसम्मकै उच्च : अध्ययन

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष