व्यङ्ग्य गजल

ढोल नयाँ नयाँ

ढोल नयाँ नयाँ
+
-

नाइकेले ओढ्न थाले खोल नयाँ नयाँ
ढ्वाङ थाप्ने बखतमा बोल नयाँ नयाँ।।

आश देखाए खाउला भनि बटुका भरि
गोल्फु काई लागेका झोल नयाँ नयाँ।।

बुढा बसाहा आउँछन् नयाँ बाली खान
दनक दिन ठिक पारे नोल नयाँ नयाँ।।

आफ्नाले बोके थैली घाम डाँडामा हुँदै
अर्काका खोल्न थाले पोल नयाँ नयाँ।।

भर्ति खातिर उभिएका लामा कतारमा
खान्कीका ओहदाको मोल नयाँ नयाँ।।

झेल भयो खेलमा हारजित कता कता
रेफरीले नै हान्न थाले गोल नयाँ नयाँ।।

पंचर पारे चक्का रथका काँचा सारथीले
पुरानै बग्गी रोजी बजे ढोल नयाँ नयाँ।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?