
काठमाडौँ – काठमाडौँमा देउसी भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।
उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले राति ९ बजेसम्म देउसीभैलो खेल्न दिने निर्णय गरेका छन्।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ लाई मध्यनजर गरेर स्वास्थ्य मापदण्ड पालना गरेरमात्रै देउसीभैलो, नाचगानलगायतका कार्यहरू गर्न भनेको छ।
देउसी भैलो तथा नाचगान गर्दा शान्तिपूर्ण रुपमा गर्न र सार्वजनिक यातायात, जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ।