धादिङमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते
+
-

धादिङ – दक्षिणी धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा अन्य सात जना घाइते छन्। घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नंको मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष