बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै
+
-

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिँदै छन्। सत्तापक्षीय गठबन्धनबाट कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त पाण्डेले आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

बैठकमा पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयमा विश्वासको मतसम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै दर्ता गरिएको थियो। सचिवालयले आजै विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउने तयारी गरिएको जनाएको छ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाले मुख्यमन्त्रीमा समर्थन गरेका थिए। सोहीअनुसार विश्वासको मतको पक्षमा यी नै दलहरुले मत दिनेछन्।

गठबन्धनमा रहेका माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद रहेका छन्। मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ भए पुग्छ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ। उनले मुख्यमन्त्री नियुक्त भएकै दिन ३ जना मन्त्री नियुक्त गरेका थिए। जसमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

बागमती प्रदेशसभामा प्रतिपक्षी दलहरु एमालेका ४३, विवेकशील साझा पार्टीका ३, राप्रपा र नेमकिपाका २–२ सांसद रहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष