राति १०–११ बजेभित्र सुत्नेलाई मुटु सम्बन्धी समस्या कम, कारण के होला?

राति १०–११ बजेभित्र सुत्नेलाई मुटु सम्बन्धी समस्या कम, कारण के होला?
+
-

हरेक रात १० देखि ११ बजेभित्र सुत्ने व्यक्तिमा मुटु सम्बन्धी समस्या कम हुने एक अध्ययनमा देखिएको छ । ८८ हजार भन्दा बढीमा गरिएको अध्ययनबाट राति नियमित रुपमा १० देखि ११ बजेभित्र सुत्नेहरुमा मुटु स्वास्थ्य राम्रो हुने देखिएको हो ।

युके बायोब्यांकका अनुसन्धानकर्ताहरुले सुत्ने समय र ‘बडी क्लक’ बीच तालमेल मिलाउँदा हृदयघात तथा स्ट्रोकसहितको जोखिम कम हुने देखिएको उल्लेख गरेका छन् ।

स्वस्थ्य र सचेतनाका लागि शरीरको २४ घण्टे चक्र महत्वपूर्ण हुन्छ । बडी क्लकको सम्बन्ध रक्तचापसँग पनि हुने हुँदा तालमेल महत्वपूर्ण मानिन्छ ।

युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको अनुसन्धानका लागि अध्ययनकर्ताहरुले सहभागीहरुको सुत्ने र उठ्ने समयको तथ्यांक सात दिनसम्म लिएका थिए । उनले ६ वर्षको अवधिमा सहभागीहरुको मुटु तथा स्वासप्रस्वास सम्बन्धी स्वास्थ्यको अवस्था के कस्तो रह्यो भनेर हेरेका हुन् ।

सहभागी भएका मध्ये मात्रै तीन हजार भन्दा केही बढीमा मुटु सम्बन्धी समस्या विकास भएको पाइएको हो । यस्तो समस्या देखिनेमा अधिकांश व्यक्ति १०–११ भन्दा पछि वा अघि सुत्नेहरु रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सुत्ने समय र नियमित सुत्ने समय निरन्तरताको विश्लेषण गरी अध्ययनको निष्कर्ष निकालिएको हो । मुटु रोगका अरु कारकहरुबारे पनि नजर राखिएको भए पनि अध्ययनमा सुत्ने समयलाई नै मुख्य केन्द्रमा राखिएको प्रमुख अनुसन्धानर्कता डा. डेविड प्लान्सले बताएका छन् ।

युनिभर्सिटी अफ एक्सेटरका डा. प्लान्सका अनुसार आफूहरुको अध्ययनबाट आएको निष्कर्षको कारकबारे भन्न नसकिए पनि चाँडो वा ढिलो सुत्दा बडी क्लक प्रभावित हुने देखिएको हो ।

बडी क्लक प्रभावित हुँदा कार्डियोभास्कुलर हेल्थमा प्रभाव पर्छ । दैनिक सातदेखि ९ घण्टा सुत्नाले स्वास्थ्यमा राम्रो प्रभाव पर्ने र दीर्घजीवनका लागि सहयोगी सिद्ध हुने देखिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?