कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै
+
-

ललितपुर – कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ। प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन हुन लागिएको हो।

देवी प्याखँमा आज उषाहरण लीलाअन्तर्गत आउने एक नृत्यको अंश देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए। उनले भने, ‘यसमा भैरव तथा कुमारी र महालक्ष्मीको नृत्य मञ्चन गरिनेछ।’ सो नाटकको दोस्रो चरणमा ‘द्योला’ अर्थात् मन्दिरको रेखदेखमा बस्ने तथा ‘कवं’ अर्थात कङ्काल र ‘ख्याक’ वा भूतको कथामा आधारित नाच प्रदर्शन गरिने उनले बताए।

आठ दिन प्रदर्शन गरिने यस वर्षका नाचमा लगभग रु १३ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए। उनले भने, ‘हरेक दिन कलाकार अनि स्वयंसेवक तथा वाद्यवादक र व्यवस्थापक गरी दैनिक ५० भन्दा बढी जनशक्ति प्रयोग भइरहेका छन्।’ सो नाट्य महोत्सव प्रदर्शन गर्दा जोखिं, जो नगरा, धाः, दमौखी, मृदंग, पोंगा, झयाली र ता बाजा बजाइने पाटन निवासी राजेश ताम्राकारले बताए।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो। २७ दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैमा विशेषता बोकेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्कर मन्दिर छेउमा सो नृत्य देखाइन्छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष