आर्यालाई मिस लिटिल नेवा:को ताज

आर्यालाई मिस लिटिल नेवा:को ताज
+
-

काठमाडौँ – नेपालभाषी बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगिता मिस लिटिल नेवाः नेपाल ११४१ को ताज सामाखुशीकी १० वर्षीया आर्या श्रेष्ठले पहिरिन सफल भएकी छन्

नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगितामा आर्याले मुख्य उपाधिसँगै फोटोजेनिक र पब्लिक च्वाइसको उपउपाधिसमेत हात पारेकी हुन्।

प्रतियोगिताका प्रमुख निर्णायक अशोकबाबु श्रेष्ठद्वारा सोधिएको उत्कृष्ट ५ मा पुग्न सफल प्रतियोगीहरुलाई नेवारी कला, संस्कृति र संस्कार किन महत्वपूर्ण छ भन्ने प्रश्नमा विजेता आर्याको जवाफ थियो, ‘संस्कृति मानव निर्मित सामाजिक घटक हो, जुन मानव सभ्यता र उनीहरूको पहिचानको अस्तित्वको लागि बनाइएको हो। यसमा हामीले बोल्ने भाषा, हामीले मनाउने जात्रा र चाडपर्व, हाम्रो समाजमा पालना गर्ने परम्परागत भेषभुषा, रीतिरिवाजजस्ता सबै मूर्त र अमूर्त सम्पदा समावेश हुन्छन्। यदि संस्कृति छैन भने मानिसको आफ्नो समुदाय र समाजमा सामाजिक पहिचान हुँदैन। मलाई लाग्छ मानव सभ्य र अनुशासित बनाउनको लागि संस्कृति पनि महत्त्वपूर्ण छ। संस्कृतिले जेठोलाई आदर गर्न र सानोलाई माया गर्न पनि सिकाउँछ। हाम्रो चाडपर्व मनाउन र हाम्रो समुदाय तथा समाजमा हाम्रो भाषा बोल्नको लागि संस्कृति महत्त्वपूर्ण छ।’

उक्त सटिक जवाफ दिएर निर्णायकहरुको मन जितेकी आर्याले प्रमुख उपाधिसँगै २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारिन्।

प्रतियोगितामा प्रनिधी मानन्धर फस्ट रनरअप बनिन्। उनले सोसियल वेलफेयर एम्बेस्डर चिफको उपाधि पनि जितिन्। रिकृष्णा डंगोल सेकेण्ड रनरअप र नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भए।

त्यस्तै गरीसिचु मानन्धर मिस ट्यालेन्ट फस्ट रनरअप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनरअपका साथमा बेस्ट स्माइल चुनिएका थिए। फस्ट र सेकेन्ड रनरअपका विजेतलाई क्रमश १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिनकाइकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, र्‍यापर निर्णय श्रेष्ठ, नेपाललिपि गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लव डिस्ट्रिक ३२बि१ नेपालका क्षेत्रीय प्रमुख इन्द्ररत्न बज्राचार्य, लायन्स क्लवका डिस्ट्रिक गर्भनर मणिश्रीरत्न बज्राचार्य र मिस नेवाः ११३८ रीजु मानन्धर निर्णायक तथा अन्तराष्ट्रिय व्यवसायी तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमुख निर्णायक रहेका थिए।

प्रतियोगिामा तिसा तण्डुकार बेस्ट नेपालभाषा, प्रकृति महर्जन नेपालभाषा फस्ट रनरअप र सिम्रिक श्रेष्ठ नेपालभाषा सेकेन्ड रनरअप, दिमी श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर चिफ, आर्या खोपे श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर फस्ट रनरअपका साथ मामिस फ्रेन्डसिप, सफलता श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर सेकेन्ड रनरअप, एभान्जलिना महर्जन बेस्ट ड्रेस, क्रिस्टिना महर्जन र बितिषा कंसाकार मिस कल्चर, युनिका बाडे मिस पर्सनालिटी, सलिस्का महर्जन बेस्ट हेयर, सान्भी श्रेष्ठ बेस्ट स्कीन, सफलता श्रेष्ठ मिस चार्मिङ र मिस फ्रेन्डसीप, एन्जेला महर्जन मिस इलिजिन्ट र मिस इनोसेन्ट तथा सनिष्मा महर्जन र केभिया श्रेष्ठ मिस डिसिप्लेन उपाधिका विजेता भए।

नेपालभाषी बालिका तथा किशोरीहरुको आत्मविश्वास वृद्धि तथा नेवारी कला, संस्कार, भाषा र संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष मिस लिटिल नेवाः नेपाल आयोजना गर्दै आएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष