समाजवादउन्मुख अर्थतन्त्रबारे कर्मचारीले जान्नुपर्छ – अर्थमन्त्री शर्मा

समाजवादउन्मुख अर्थतन्त्रबारे कर्मचारीले जान्नुपर्छ – अर्थमन्त्री शर्मा
+
-

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले समाजवादउन्मुख अर्थतन्त्रका बारेमा कर्मचारीले जान्नुपर्ने बताएका छन्।

राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय तालिमको आइतबार उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवादउन्मुख अर्थतन्त्र हुन्छ सो कुरा कर्मचारीले जान्नैपर्ने बताएका हुन्।

‘नेपालको संविधानले समाजवादउन्मुख अर्थतन्त्र भनेको छ। समाजवादको कुरा गरेको छ। तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्‍यो, थाहा पाउनुपर्‍यो’, मन्त्री शर्माले भने, ‘समाजवादउन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ। कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवादउन्मुख अर्थतन्त्र विकास हुन्छ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस्।’

संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिए। उनले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराए।

मन्त्री शर्माले समाजवादउन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा जोड दिए। उनले व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गर्नुपर्ने बताए। ‘कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको छ’, मन्त्री शर्माले भने, ‘त्यसमा सुधार गर्नुपर्ने आवश्यकता छ। यस विषयमा प्रतिस्थापन विधेयकमार्फत् व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिनेछ।’

उनले आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुने बताए। ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस्’, मन्त्री शर्माले भने, ‘कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस्।’

उनले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने उनको भनाइ छ।

आइतबारबाट सुरु तालिम पुस ९ गतेसम्म चल्नेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष