
चितवन – नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन आएकामध्ये आठ जना हराएको रिपोर्ट प्रहरी कार्यालयमा दर्ता भएको छ।
दाङलगायतका जिल्लाका व्यक्ति हराएको सूचना प्रहरी कार्यालयमा दर्ता भएको हो। जसमध्ये दुई जना व्यक्ति फेला पारेर आफन्तको जिम्मा लगाइएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीले अरु थप कोही हराएको भए प्रहरी कार्यालयमा सम्पर्क गर्न आफन्तलाई आग्रह गरेको छ।