भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
+
-

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका – ८ आदर्शमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। महानगरीय प्रहरी भक्तपुरका अनुसार जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नम्बरको टिपरले शनिबार बिहानै विपरीत दिशाबाट आउँदै गरेको बा५७प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ललितपुर कुसुन्ती बस्ने २४ वर्षीया अशिम लिम्बूको मृत्यु भएको हो।

स्कुटरको पछाडि बस्ने ललितपुरकै पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जन गम्भीर घाइते भएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बू र महर्जनलाई तत्काल उपचारको लागि भक्तपुर सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा पु¥याइएको थियो। उपचारकै क्रममा चालक लिम्बूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए। गम्भीर घाइते महर्जनलाई थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पताल रिफर गरिएको छ।

प्रहरीले टिपर चालक दाङको घोराही २ रामपुर घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ३१ वर्षीय किरण कवर योगीलाई राधेराधेबाट नियन्त्रणमा लिएको छ। उनलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

रातको समयमा तीव्र गति तथा लापरबाहीपूर्ण सवारीसाधन चलाउनाले उक्त दुर्घटना भएको प्रहरीले बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?