
कस्का लागि किन होला भेला देखियो
उस्का दुना आफू तान्ने मेला देखियो।।
कहिँ चलाए ढुङ्गा मुढा कतै कुटाकुट
आआफ्ना लठैत छान्दा झेला देखियो।।
फल्छ फूल्छ समयमा हेर्लाउ अब भने
पालुवा फलफूल नलाग्ने बेला देखियो।।
बखत पनि गजवको कस्तो युग आयो
गुरुलाई हकार्ने सिकाउने चेला देखियो।।
रजाइँ गर्ने पालो फेरो सधँ आफ्नै भन्थे
खोजे भन्दा भिन्दै खालको बेला देखियो।।
छेउला पनि आफै आफै बाली खाने आफै
पहिले कहिल्यै नदेखिएको खेला देखियो।।