चितवनका कांग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

चितवनका कांग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा
+
-

भरतपुर – नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन्।

पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामापत्रमा उल्लेख गरेका छन्। उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन्। पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए।

पटक–पटक सर्दै आएको कांग्रेस जिल्ला अधिवेशन आजदेखि मङ्सिर १९ गतेसम्म हुने तालिका तय भएको थियो। आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो।

‘केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन सफलताका साथ सम्पन्न गरेको छु’, राजीनामापत्रमा पोखरेलले उल्लेख गरेका छन्। -रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?