नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ सर्वसम्मत   

कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ सर्वसम्मत   
+
-

रसुवा – नेपाली कांग्रेस रसुवाको १४औँ जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ। उनी यसअघि पनि पार्टीका जिल्ला सभापति हुन्।

मङ्गलबार सम्पन्न जिल्ला अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ तथा प्रदेश अधिवशेन प्रतिनिधिमा ३६ जना छनोट गरेको छ। मुख्य निर्वाचन अधिकृत शर्मिला थापाका अनुसार उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा तथा सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन्।

यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मङ्गले तामाङ, उपेन्द्र लम्साल, केदारप्रसाद देवकोटा, राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किवुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्वूसाङ्बो घले र अनिल भुषाल सर्वसम्मत चयन भएका छन्।

यस्तै प्रदेशसभा ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत छनोट भएका छन्। उपसभापतिमा रिक्चेन तामाङ र राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा र तारानाथ पौडेल तथा सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन्।

प्रदेशसभा ‘ख’ को सभापतिमा बुचुङ तामाङ, उपसभापतिमा लाक्पा कामी तामाङ र सिङ्गी लामा, सचिवमा निलनाथ आचार्य र खुवाबहादुर तामा तथा सहसचिवमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत छनोट भएका छन्। -रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?