कांग्रेसको गण्डकी प्रदेश सभापतिमा चारजना आकांक्षी

कांग्रेसको गण्डकी प्रदेश सभापतिमा चारजना आकांक्षी
+
-

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।

प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन्। हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ। आकांक्षीमध्ये उम्मेदवारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेदवार मानिन्छन्। उनी कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बनिसकेका छन्। २०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षका भए। यसअघि उनी रामचन्द्र पौडेल पक्षको रुपमा चिनिएका थिए। उनी सबै नेताको आफूलाई आशीर्वाद रहेको दाबी गर्छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका शर्माले आफूले कांग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताए।
त्यस्तै कास्कीबाट नै उम्मेदवारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहको नै हुन्। विद्यार्थी कालदेखि राजनीति सुरु गरेका उनी बौद्धिक नेताका रुपमा परिचित छन्। तर उनी सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्छन्। उनी गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेदवार बने पनि पराजित भएका थिए।

सभापतिको उम्मेदवार घोषणा गर्दै उनले पार्टीलाई स्वतन्त्र रुपमा अघि बढाउन र गण्डकी प्रदेशमा कांग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिए।

तनहुँबाट उम्मेदवारी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर हुन्। तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन्। उनले आफूलाई वरिष्ठ नेता पौडेलसहित शशांक कोइरालालगायतको आशीर्वाद रहेको बताए।
नेता पौडेलले कांग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताए।

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्। उनीसँग कांग्रेसका केन्द्रीय सदस्यसँगै पर्वतको तीनपटक पार्टी सभापति भएर काम गरेको अनुभव छ। उनले देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन्। गण्डकी प्रदेश संगठन बलियो बनाउन, कांग्रेसको पहिचान राख्न सक्ने उम्मेदवार बन्न साथीहरुले आग्रह गरेकाले अगाडि बढेको उनको भनाइ छ।

कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ। कांग्रेसका नेताहरुको उम्मेदवार छनोट र निर्वाचन आफ्नो पक्षमा पार्नेभन्दा बलियो कांग्रेस बनाउन पूर्वसभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिएका छन्। उनले कांग्रेस बलियो भएमात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताए।
कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेशन र प्रदेश प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्नेछन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष