कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा मनाङका दुईसहित सात जना निर्विरोध

कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा मनाङका दुईसहित सात जना निर्विरोध
+
-

लमजुङ – नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश कार्यसमितिका लागि भूगोलतर्फबाट सदस्यमा उम्मेदवारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका हुन्। कांग्रेस विधानअनुसार प्रदेश कार्यसमितिका लागि एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाबाट अनिवार्य एक महिलासहित दुई जना सदस्य रहने व्यवस्था छ।

सोहीअनुसार मनाङबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा निर्विरोध निर्वाचित भएका हुन्। मनाङसहित प्रदेश कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका मुस्ताङ, तनहुँ र पर्वतका गरी सात जना निर्विरोध निर्वाचित भएका हुन्।

मुस्ताङबाट भूगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट निर्विरोध निर्वाचित भए। यसैगरी भूगोलतर्फकै प्रदेश कार्यसमितिमा उम्मेदवारी दिएका तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य पनि निर्विरोध निर्वाचित भएका हुन्।

भूगोल महिलातर्फबाट उम्मेदवारी दिएकी पर्वतकी मीनाकुमारी केसी पनि निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस गण्डकी निर्वाचन समितिले जनाएको छ। निर्विरोध निर्वाचितबाहेक अन्य उम्मेदवारका लागि शनिबार मतदान हुँदैछ। -न्युज कारखाना

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष