भक्तपुरका ६ जना राप्रपा केन्द्रीय सदस्य निर्वाचित

भक्तपुरका ६ जना राप्रपा केन्द्रीय सदस्य निर्वाचित
+
-

भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट भक्तपुरका ६ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। भक्तपुरबाट आठ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका थिए। जसमा २ पुरुष र ४ महिला गरी ६ जना नेताहरु राप्रपा केन्द्रीय सदस्य बन्न सफल भएका हुन्।

भक्तपुरबाट रवीन्द्रप्रताप शाह, रामहरि थापा, मञ्जु कार्की, धनेश्वरी प्रजापति, यवती कार्की र जमुना थापा राप्रपा केन्द्रीय सदस्य निर्वाचित भए। केन्द्रीय सदस्य निर्वाचितमध्ये मञ्जु कार्कीले सबैभन्दा बढी मत ल्याएकी छन्। उनले १९२० मत ल्याइन्। कार्कीपछि धनेश्वरी प्रजापतिले १८२५ मत पाइन्।

निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका रवीन्द्रप्रताप शाहले १७४५ मत पाउँदा जमुना थापाले १५३१, यवती कार्कीले १४४३ र रामहरि थापाले ११६५ पाए। विजेता चारैजना महिला नेताहरुले महिला खुलातर्फ उम्मेदवारी दिएका थिए। त्यस्तै शाह र थापाले केन्द्रीय सदस्य खुलामा उम्मेदवारी दिएका थिए। मत परिणामअनुसार शाहले केन्द्रीय सदस्य खुलातर्फ चौथो स्थान हासिल गरेका थिए। उनीअघि राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द पुत्र जयन्त चन्द रहेका थिए।

भक्तपुरका ८ जना नेता दुई समूहको प्रतिनिधित्व गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। केन्द्रीय अध्यक्षमा निर्वाचित लिङ्देनको पक्षबाट उम्मेदवारी दिने तीनैजना नेता केन्द्रीय सदस्यमा विजयी भए। उक्त समूहबाट रवीन्द्रप्रताप शाह, मञ्जु र्काी र धनेश्वरी प्रजापतिले उम्मेदवारी दिएका थिए।

पूर्वअध्यक्ष कमल थापा पक्षबाट उम्मेदवारी दिने ५ नेतामध्ये तीनजनामात्रै विजयी भए। केन्द्रीय सदस्य खुलामा उम्मेदवारी दिने रामसुन्दर विष्ट र आदिवासी जनजातितर्फ उम्मेदवारी दिने बुद्धिकुमार प्यासी पराजित भएका थिए। विष्टले ९२७ मत पाउँदा प्यासीले ५४२ मतमात्रै पाए।

भक्तपुरबाट केन्द्रीय सदस्यमा निर्वाचित ६ नेतामध्ये रवीन्द्रप्रताप शाहले नवनिर्वाचित अध्यक्ष लिङ्देनले पदाधिकारीमा लाने सम्भावना रहेको राप्रपाका एक पूर्वकेन्द्रीय सदस्यले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?