
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोबाइल एप लञ्च गरेको छ।
थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले एप लञ्च गरेका हुन्। संगठनका सबै गतिविधिबारे जानकारी दिने उद्देश्यले एप लञ्च गरिएको अनेरास्ववियुले जनाएको छ।
एपबाट अनेरास्ववियुको विधान, गीत, झन्डा, प्रचार–प्रसार सामाग्री तथा सदस्यताबारे जानकारी पाइनेछ।
कार्यक्रममा एकीकृत समाजवादीका विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराई पनि सहभागी थिए। अनेरास्ववियूका कार्यबाहक अध्यक्ष वसिम आलमको अध्यक्षता एप लञ्च गरिएको थियो।