चिसो छल्न देउखुरी झरे स्वर्गद्वारीका बटुक (फाेटाे फिचरसहित)

चिसो छल्न देउखुरी झरे स्वर्गद्वारीका बटुक (फाेटाे फिचरसहित)
+
-

दाङ – यो कक्षा १० हो। जहाँ बटुकहरु पारिलो घाम ताप्दै गणित विषयको हिसाब सिक्दैछन्। स्वर्गद्वारी आश्रम प्यूठानस्थित बालतपस्वियी वेद विद्यालय गुरुकुलका विद्यार्थी चिसो छल्न देउखुरी झरेपछि उनीहरुको नियमित पठनपाठन पनि यतै चल्दै आएको छ। कक्षा विभाजन गरेर पारिलो घाम ताप्दै बटुकहरु कक्षा ४ देखि ११ सम्मको पढाइ गरिरहेका छन्।

चिसोका कारण बिहान र साँझको नृत्यकर्म कठिन भएपछि आफूहरु देउखुरी आश्रममा आएको कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्देश प्याकुरेलले बताए। ‘साना बटुकहरुलाई स्नान गर्न कठिन हुन्छ। जसले गर्दा हामी हरेक वर्ष देउखुरी झर्छौं’, उनले भने, ‘चिसाले गर्दा बिरामी पर्ने सम्भावना हुन्छ। यहाँ घाम ताप्दै पढ्न पाइन्छ।’

चिसो छल्न प्यूठान स्वर्गद्वारी आश्रमको गुरुकुलमा अध्ययन गर्ने विद्यार्थी (बटुक) वर्सेनि दाङ झर्छन्। हरेक वर्ष मंसिर, पुस र माघ महिना उनीहरुले देउखुरीमा बिताउने गर्छन्। देउखुरी झरेका बटुकहरु नियमित पढाइमा व्यस्त हुने गरेका छन्।

बटुक मुक्तिराम पोख्रेलको घर बाग्लुङ्ग जिल्लामा पर्छ। उनी स्वर्गद्वारी आश्रमअन्तर्गत गुरुकुल स्कुलमा कक्षा ७ मा पढ्छन्। संस्कृतअन्तर्गत वेद, कर्मकाण्ड, व्याकरण, ऐच्छिक व्याकरण र बाह्यअन्तर्गत अंग्रेजी, नेपाली, गणित गरी ४/४ वटा विषयको अध्यापन हुँदै आएको छ । मुक्तिरामलाई आश्रमको पढाइ रमाइलो लाग्न थालेको छ। देशका विभिन्न जिल्लाबाट आएका साथीहरुसँग घुलमिल हुन पाउँदा खुसी लागेको उनी बताउँछन्। ‘४०/४५ जिल्लाका साथीहरुसँग भेट हुन्छ। बोर्डिङ स्कुलभन्दा यहीं रमाइलो लाग्छ’, उनले भने, ‘पढेर विद्वान बन्ने हो।’

स्वर्गद्वारी मन्दिरका महाप्रभुले विसं १९९२ सालमा कुरुकुल स्थापना गरेको इतिहास छ। त्यही बेलादेखि बटुकहरुलाई वेद, कर्मकाण्डलगायतका विषयको अध्यापन हुँदै आएको छ। बदलिँदो समयसँगै कुरुकुल शिक्षामा पनि नयाँ विषय थपिएको छ। विज्ञानबाहेक नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयको पढाइ हुँदै आएको छ। कक्षा ४ देखि ११ सम्म अहिले ८६ जना बटुकले अध्ययन गर्दै आएका छन्।

माध्यमिक तहको पढाइ सकेर विद्यार्थीहरु अन्य विद्यार्थीसरह अध्ययन गर्न पाउने गुरुकुलका प्राचार्य मधुसुदन ढुंगानाले बताए। ‘संस्कृत पढेर कर्मकाण्ड नै गर्न पर्छ भनेर कहींकतै निषेध गरेको छैन। सरकारले पनि अंग्रेजी, गणित, नेपाली, सामाजिक विषय अनिवार्य गरेको छ’, उनले भने, ‘जे पढ्छु भन्दा पनि पायो। पछिको यात्रा सुनिश्चित छ।’

संस्कृत अध्ययन गर्ने विद्यार्थीले कर्मकाण्डमात्रै गर्नुपर्छ भनेर कतै अनिवार्य गरिएको छैन। गुरुकुलको शिक्षाले बालबालिकालाई अनुशासित राख्दै आध्यात्मिक ज्ञान आर्जन गरेर संस्कारिक जनशक्ति उत्पादन गर्नसमेत मद्धत पुग्ने देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?