
काठमाडौँ – गोकर्णेश्वर नगरपालिका ६ जोरपाटीबाट ७५ वर्षीय वृद्धको उद्धार गरिएको छ। मानवसेवा आश्रमले शुक्रबार राति जोरपाटीस्थित बज्र इन्टरनेसनल कलेज नजिकै एउटा छाप्रोमा विगत ३० वर्षदेखि बसिरहेका पूर्णबहादुर महर्जनको उद्धार गरेको हो।
स्थानीय व्यक्तिहरुबाट जानकारी प्राप्त भएपछि वडा कार्यालयको सिफारिस र प्रहरी वृत्त जोरपाटीको सहयोगमा उनको उद्दार गरिएको मानवसेवा आश्रमका अभियन्ता नवीना सिटौलाले जानकारी दिइन्।
वृद्ध व्यक्तिले बताएअनुसार उनको घर काठमाडौंमै रहेको छ। तर उनी आफै असहाय भएको र लामो समयदेखि एक्लो जीवनयापन गरिरहेकोले थप विवरण खुल्न नसकेको सिटौलाले बताइन्।