एजेन्सी – नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन तियांगोंगमा चक्कर लगाएका छन्।
नयाँ वर्ष मनाउन गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरिक्षमा पहिलोपटक ‘भिड’ बढेको रुसी अन्तरिक्ष निकाय रोसकसमोसले जनाएको छ। यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेर नयाँ वर्षका कार्यक्रम मनाएको भए पनि यति ठूलो संख्यामा पुगेको भने पहिलो पटक हो।
सन् २०२२ को पहिलो दिन १० अन्तरिक्ष यात्रीले पृथ्वीको कक्ष घुमेका थिए। ‘सात जनाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन र तीन जनाले चीनको तियांगोंग अन्तरिक्ष स्टेसनमा घुमेका थिए’, रुसी अन्तरिक्ष निकाय रोसकसमोसले एक विज्ञप्तिमा भनेको छ।
‘नयाँ वर्षको अवसरमा यो अन्तरिक्ष अनुसन्धानको इतिहासमा नै अहिलेसम्मकै ठूलो जमघट हो’, सो निकायले अगाडि भनेको छ।
रोसकसमोसका अनुसार पछिल्लो २१ वर्षमा ३ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा नयाँ वर्षको ‘इभ’ मनाएका छन्। रसियाली अन्तरिक्ष यात्री एन्टोन साकापलेरोभले सन् २०१२, सन् २०१५, सन् २०१८ र सन् २०२२ गरी चार पटकसम्म नयाँ वर्षमा अन्तरिक्षमा मनाएका छन्।
यसअघि पनि बिदा मनाउन वैज्ञानिकहरु अन्तरिक्षमा पुग्ने गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































