राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायलीद्वारा उच्च प्रविधिको ल्याब सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायलीद्वारा उच्च प्रविधिको ल्याब सहयोग
+
-

काठमाडौँ– इजरायली सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ।

बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख पुनलाई ल्याब हस्तान्तरण गरे

ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरुसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिहरुको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ।

‘हाइटेक क्लास रुम’को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदान–प्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए। सो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिहरुका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उनले बताए।

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरुको जीवन पद्धतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधिमा भएका परिवर्तनहरुको अध्ययन आवश्यक रहेको बताए। इजरायलले नेपालमा प्रविधिसहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे।

सो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ। हाल ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष