मकवानपुर राप्रपाले कमल थापाको अभियानमा साथ नदिने

मकवानपुर राप्रपाले कमल थापाको अभियानमा साथ नदिने
+
-

हेटौंडा – राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ।

राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरु, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरुकाे प्रतिनिधिमूलक भेलाले महाधिवेशनको विषयमा गहिरो समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निष्कर्ष निकालेका छन्।

केन्द्रीय महाधिवेशनपछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैलीबारे समीक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीतिअनुरुप अघि बढ्ने निर्णय गरेकाे छ। हेटौंडामा आयोजित भेलाले पार्टीको विचार र सिद्धान्तप्रति एक ढिक्का हुने सन्देश दिँदै अहिलेको अवस्थामा कुनै व्यक्तिको पार्टीविरूद्ध भइरहेका गतिविधिलाई साथ नदिने निर्णय गरेकाे हाे। उता कमल थापाले अभियानको भेला राख्दै गर्दा आफ्नै जिल्लामै समर्थन जुटाउन कठिन देखिन्छ ।

पार्टीको नेतृत्व परिवर्तनपछि बढ्दै गएको आकर्षणलाई भोटमा परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको भेलाले पार्टीलाई एकताबद्ध गरेर विचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्प रहेको जानकारी राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारीले दिए। यसले राप्रपाका नेताहरु एकजुट भएर पार्टीको विधि र परिधिभित्र रहेर अघि बढ्ने संकेत दिएको छ।

बैठकमा राप्रपाका नेता मधु अधिकारी, नवराज बिष्ट, रामहरि न्यौपाने, बालकृष्ण कार्की, शिवराम थापा, प्रदेश सदस्यहरु धुर्व सन्जेल, गुन्जन न्यौपाने, जिल्ला सचिव सागर थापा, प्रदेश (ख) का अध्यक्ष बद्री कुँवर र मनहरी गाउँपालिकाका अध्यक्ष नरहरि महतलगायतको सहभागिता रहेको थियो। -न्युज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?