बाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ

बाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ
+
-

मकवानपुर – बाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

धादिङको ज्वालामुखी गाउँपालिका- २ हटिया निवासी श्रेष्ठलाई सोमबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन,२०७५ को दफा १४ बमोजिम प्रदेश प्रमुख शर्माको उपस्थितिमा सपथ खुवाइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए।

सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुमागाईंलगायतको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?