लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा स्थानीय बासिन्दालाई क्षतिपूर्तिवापत ४८ लाख राहत वितरण

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा स्थानीय बासिन्दालाई क्षतिपूर्तिवापत ४८ लाख राहत वितरण
+
-

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ। वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो।

गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल रु ४८ लाख १६ हजार ६५५ राहत प्रदान गरिएको छ। राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा रु सात लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ रु ३४ लाख २२ हजार एवं पाल्तु चौपाया नोक्सानतर्फको रु पाँच लाख ९८ हजार प्रदान गरिएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिइन्।

भालुको आक्रमणबाट विगतका वर्षमा दर्जनौँ मानिस घाइते परेका थिए भने पछिल्लो समय पूर्वसावधानी अपनाउँदा तीन जनामात्र घाइते भएका छन्। डेढ वर्षको अवधिमा जङ्गली भालु तथा बँदेलले एक हजार एक सय ७६ किसानको अन्नबाली नोक्सान पारेको र चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपाया मरेको बताइएको छ।

मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न वन जङ्गल र आवादी जमिनको सिमानामा तारबार लगाउने काम सुरू गरिएको छ। किसानको खेतबारीमा बर्सेनि वन्यजन्तुको आक्रमण बढ्दै गएपछि तारबारको माध्यमबाट रोकथाम गर्ने नयाँ नीति ल्याइएको छ।

निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार रु ७५ लाख बराबरको कार्ययोजनाअन्तर्गत रसुवाको राम्चे तथा यार्सा एवं नुवाकोटको तादी गाउँपालिका–२ चिलाउने गाउँ क्षेत्रमा तारबार लगाउने काम सुरू गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?