नक्कली नोटले कपडा किने‍पछि….

नक्कली नोटले कपडा किने‍पछि….
+
-

चितवन – प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं ३ बस्ने खैरहनी नगरपालिका वडा नं ३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घतानी र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन्।

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन्। घतानीबाट १० थान रु एक हजारका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रासम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ।

पक्राउ परेकाबाट नक्कली रु एक हजार रुपैयाँका १० थान नोट, एक-एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निजहरुका साथबाट गगनबहादुर तामाङ नामको साैर्य दैनिकको प्रेस कार्डसमेत फेला परेको छ। पत्रिकाले भने निज आफ्नो कर्मचारी नभएको जनाएको छ। -रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?