
जब मैले मेरो पेटबाट सास फेर्न सिकेँ, मेरो जीवन सधैंको लागि परिवर्तन भयो!
मैले पेटबाट सास फेर्न नसक्दा किशोरावस्थामा मेरो स्वास्थ्यमा नराम्रो असर परिरहेको थियो तर मैले त्यो बुझ्न सकेको थिइन। मलाई जहिले पनि पेट दुख्थ्यो। त्यतिबेला त्यसको समाधानका लागि मैले कुनै सानो पहेंलो चक्की खाएको थिएँ।
कसरी सास फेर्ने तरिकाले मेरो जीवन परिवर्तन गर्यो?
२० वर्ष पार गर्दैगर्दा कुनै एक साता मैले आफूलाई एकदमै तनावपूर्ण परिस्थितिमा पाएँ। धेरै पेट दुखाइको कारण म झुकेर हिँडिरहेको थिएँ।
दुखाइका कारण म सीधा उभिन पनि सकेको थिइन। मैले पेटबाट सास फेरिरहेको थिइन तर यो कुरा मलाई त्यसबेला थाहा नै भएन।
मलाई यति धेरै गाह्रो भयो, अस्पतालमा नै भर्ना हुनुपर्यो। मलाई डेमेरोल दिइयो जसले दुखाइ हट्यो। मलाई राम्रो महसुस भएको थियो।
मैले फेरि किशोरावस्थामै लिएका ती साना पहेंला चक्कीहरू लिएर अस्पताल छोडेँ। तिनीहरूको नाम मलाई थाहा छैन तर तिनीहरूले मलाई पीडारहित बनाए। यो समस्याबाट मुक्त हुन मैले केही न केही गर्नैपर्छ भन्ने बुझेकी थिएँ तर के?
म योग कक्षामा भर्ना भएँ र मैले सास फेर्न सिकें। हरेक बिहान, म मेरो पेटबाट सास फेर्न योगा र दैनिक अभ्यास गर्थें।
पेटबाट सास फेर्न मैले यसमै पूर्णतया ध्यान केन्द्रित गर्नु आवश्यक थियो किनकि मलाई यसको अभ्यास थिएन। अब जबजब मलाई फेरि पेट दुख्न थाल्यो, मैले सुतेर पेटबाट सास फेर्ने अभ्यास थालेँ।
प्रायजसो, हामी राम्रोसँग सास फेर्न सिक्दैनौं। म सबैलाई यो सिक्न आग्रह गर्दछु। अर्को कुरा मैले सिकेको छु, पेटबाट सास फेर्न नसकेकै कारण कब्जियत हुँदो रहेछ।
र, मैले सिकेको अर्को कुरा- तपाईँले मुखबाट होइन, नाकबाट सास फेर्नुहोस्।
(डायना हेरिङ्टनको ब्लगबाट)