राप्रविसंले शैक्षिक र मेडिकल माफिया तथा महंगीविरुद्ध आन्दोलन गर्ने

राप्रविसंले शैक्षिक र मेडिकल माफिया तथा महंगीविरुद्ध आन्दोलन गर्ने
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले शैक्षिक माफियाका कारण नवयुवाहरूको भविष्य धूमिल भएको ठहर गरेको छ।

शैक्षिक माफियाले शैक्षिक क्षेत्र तहसनहस पारिरहेको भन्दै राप्रविसंले विद्यार्थी र समग्र देशकै भविष्यबारे चिन्ता प्रकट गरेको हो।

संगठनका केन्द्रीय अध्यक्ष धनसुर शाहीको अध्यक्षतामा शनिबार बसेको बैठकले शैक्षिक माफिया, मेडिकल माफिया र महंगीको विरुद्ध बन्दाबन्दीपश्चात तुरुन्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

‘मुलुक अहिले विषम परिस्थितिमा फसेको छ। देशलाई यो भूमरीबाट बाहिर ल्याउन केवल राप्रपाले मात्रै सक्ने अवस्था छ’, राप्रविसंका अध्यक्ष शाहीले बैठकमा भने। समावेशी नयाँ नेपाल निर्माण गर्ने भनेर सपना बाँड्ने दल र नेताहरूले जनतालाई झुक्याएको उनको जिकिर थियो।

बैठक राप्रविसंको महाधिवेशन र देशको विषम परिस्थितिमा केन्द्रित थियो।

‘हामीले हाम्रो लक्ष्य प्राप्त गर्न पार्टी सफल हुनुपर्छ। पार्टी अध्यक्षको नेतृत्वमा पार्टीलाई सफल बनाउन हामी सबैले सकारात्मक भूमिका निर्वाह गनुपर्छ’, महासचिव एन्टीसंघर्ष राईले बैठकमा भने।

पार्टी र संगठनमाथि आँच आउने किसिमको विषय सामाजिक सञ्जालमा छरपस्ट नगर्न बैठकले सम्पूर्णलाई कडाइका साथ सचेत गराएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?