निर्मल लामा प्रतिष्ठानद्वारा वीरलाई ३० वटा आईसीयू बेड हस्तान्तरण

निर्मल लामा प्रतिष्ठानद्वारा वीरलाई ३० वटा आईसीयू बेड हस्तान्तरण
+
-

काठमाडौँ – निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ।

निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताए।

उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए।

‘हाम्रो संविधानमा शिक्षा, स्वास्थ्यलाई निःशुल्क गराउने भनेका छौँ। हाम्रो प्रयत्न भनेको शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्छ। यो मौलिक अधिकार हो’, नेता पोखरेलले भने, ‘पैसा हुनेले स्वास्थ्य किन्ने, पैसा हुनेले शिक्षा किन्ने प्रणालीको अन्त्य गरेर आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यताअन्तर्गत हामी स्वास्थ्य र शिक्षा क्षेत्रलाई त्यो दिशामा लैजानुपर्छ भन्ने मान्यता राखेका थियौँ।’
उक्त अवसरमा वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताए। उनले प्रतिष्ठानले दिएको ३० बेड आजबाटै सञ्चालनमा ल्याउने जानकारी दिए।

‘अहिले दुई तीन वटा आईसीयू त अलरेडि फङ्सनिङ छ। हामीलाई एउटा आईसीयूको लागि एफएचआइयूएसएडले ५० वटा बेड भेन्टिलेटरसहित सम्पूर्ण सामान दिएको छ। सूर्य नेपालले १०० वटा बेड दिएको छ। एफएचआईले नै १०० बेड अर्को थपेको छ। यहाँहरुले आज ३० वटा आईसीयू बेड दिनुभएको छ’, डा बस्नेतले भने, ‘एउटा आईसीयू खालि छ, हामी त्यसमा राखेर आजैबाट सेवा सुरु गर्नेछौँ। यो सबैको सहयोगले गर्दा तेस्रो लहरमा कोरोनाका बिरामीहरु आज पनि १६०/१७० जना बिरामीहरु हुनुहुन्छ। सबैको उपचार सहज रुपले भएको छ। आज अक्सिजन, बेड, भेन्टिलेटर पाइएन भन्ने नै छैन।’

डा बस्नेतले संस्थाहरुको सहयोगले नै कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?