महाशिवरात्रिको तयारीका लागि मन्त्री आलेको नेतृत्वमा मूल समिति गठन

महाशिवरात्रिको तयारीका लागि मन्त्री आलेको नेतृत्वमा मूल समिति गठन
+
-

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ।

सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ।

यसैगरी स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट व्यवस्था, स्वयंसेवा परिचालन व्यवस्था र तथ्याङ्क तथा मूल्याङ्कन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको उनले जानकारी दिए।

कोरोनाको तेस्रो लहर शुरु भएसँगै बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर महाशिवरात्रिअघि नै खोल्ने तयारी पनि कोषले गरेको छ। यस वर्ष फागुन १५ गते महाशिवरात्रि पर्व परेको छ। महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ। –रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?